कोशी, बागमती र सुदूरपश्चिममा भारी वर्षा हुन्छ : मौसम विभाग

हिमाल प्रेस ३ साउन २०८१ ६:३६ | Thursday, July 18, 2024
कोशी, बागमती र सुदूरपश्चिममा भारी वर्षा हुन्छ : मौसम विभाग फाइल तस्बिर।

काठमाडौँ- देशभर साधारणतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शाखाका अनुसार गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: ३ साउन २०८१ ६:३६ | Thursday, July 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast