कोलोम्बियासँग उरुग्वे स्तब्ध, उपाधि चुम्न अर्जेन्टिनासँग भिड्ने

हिमाल प्रेस २७ असार २०८१ ८:२३ | Thursday, July 11, 2024
कोलोम्बियासँग उरुग्वे स्तब्ध, उपाधि चुम्न अर्जेन्टिनासँग भिड्ने

काठमाडौँ- उरुग्वेलाई पराजित गर्दै कोलोम्बिया कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा उरुग्वेलाई १–० ले हराउँदै कोलम्बिया कोपाको फाइनलमा पुगेको हो।

पहिलो हाफको ३९ मिनेटमा जेफरसन लेर्माले गरेको गोल नै कोलोम्बियालाई फाइनल पुग्न पर्याप्त बन्यो। कोलोम्बिया पहिलो हाफमा नै १० खेलाडीमा सिमित भएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा डानियल मुनोजले कार्ड खाँदै मैदान छाडेपछि कोलोम्बिया १० खेलाडीमा सीमित भएको थियो। योसँगै अब उनले फाइनल खेल गुमाउनेछन्।

कोलोम्बियाले दोस्रो हाफ पुरै १० खेलाडीमा बिताएपनि उरुग्वेले गोल फर्काउन सकेन। कोलोम्बियाले अब उपाधिका लागि साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ। बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा क्यानडालाई २-० ले पराजित गर्दै अर्जेन्टिनाले फाइनलमा स्थान पक्का गरिसकेको छ। फाइनल खेल सोमबार बिहान हुनेछ।

सेमिफाइनलमा पराजित क्यानडा र उरुग्वेले भने तेस्रो स्थानका लागि आइतबार बिहान खेल्नेछन्।

प्रकाशित: २७ असार २०८१ ८:२३ | Thursday, July 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast