केपी ओलीप्रति माधव नेपालको टिप्पणी : आफू स्वर्गतिर, अर्कोलाई लात्तीले हिर्काएर नर्कतिर

हिमाल प्रेस ६ साउन २०८१ १७:१६ | Sunday, July 21, 2024
केपी ओलीप्रति माधव नेपालको टिप्पणी : आफू स्वर्गतिर, अर्कोलाई लात्तीले हिर्काएर नर्कतिर माधवकुमार नेपाल

काठमाडौँ- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यङ्ग्य गरेका छन्। उनले पूर्ववर्ती गठबन्धनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ भनिएकोमा ओलीले लात्तीले हानेर आफूचाहिँ स्वर्गतिर लागेको बताए।

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले पेस गरेको विश्वासको मत लिने प्रस्तावको छलफलमा उनले ओलीलाई आत्मालोचना गरेर समाजवादी बाटोमा जान अनुरोध गरे।

‘पाँच वर्ष स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने भनिएको आफू स्वर्गतिर लाग्यो अर्कोलाई लात्तीले हिकाएर नर्कतिर पठायो,’ उनले भने। कसमको भुल भुलैया सिर्जना गरेर डंका पिटिएको उनले बताए।

नेपालले कांग्रेस र एमालेले १७ असारको मध्यरातमा गरेको सहमतिलाई छलछामको संज्ञा दिए। ‘छलछामयुक्त सहमतिले जनतामा निराशायुक्त क्यान्सर निवारण गर्न सक्नुहुन्छ कि हुँदैन ?,’ उनले भने।

नियत खराब नभएको भए मध्यरातमा किन सहमति गर्नुपरेको भन्दै उनले प्रश्न गरे। खुला छलफल गरेर एजेन्डा मिल्नेसँग सहमति गर्न सकिने नेपालले बताए।

प्रकाशित: ६ साउन २०८१ १७:१६ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast