कुवेतमा हाउसमेड कामदारले रोजगारी स्थानान्तरण गर्न पाउने

हिमाल प्रेस १३ साउन २०८१ ११:१९ | Sunday, July 28, 2024
कुवेतमा हाउसमेड कामदारले रोजगारी स्थानान्तरण गर्न पाउने

काठमाडौँ- कुवेत सरकारले वैदेशिक रोजगारीका लागि त्यहाँ पुगेका विदेशी घरेलु कामदार (हाउसमेड)लाई औपचारिक क्षेत्रमा स्थानान्तरण गर्न सुविधा दिएको छ। गत साता कुवेतको कानुन मन्त्रालयले विदेशी हाउसमेड कामदारलाई स्थानान्तरण गर्न दिने निर्णय कार्यान्वयनमा ल्याएको कुवेतका स्थानीय समाचारमाध्यमहरुले जनाएका छन्।

विदेशबाट कामदार ल्याउनुपर्ने बाध्यता हटेर कुवेतमै रहेका घरेलु कामदार प्रयोग गर्न पाउने कुवेतका सञ्चारमाध्यमले उल्लेख छ। यस सुविधाबाट ३० हजारभन्दा बढी विदेशी कामदारले लाभान्वित हुने बताइएको छ। यो निर्णय दुई महिनासम्म लागू गरिएको हो।

कुवेत सरकारले रोजगार स्थानान्तरणका लागि केही शर्त राखेको छ। हाउसमेड कामदारले कम्तीमा एक वर्ष हालको रोजगारदाता कहाँ काम गरेको हुनुपर्नेछ भने सेवा परिवर्तनका लागि सरकारलाई ५० दिनार र पुरानो रोजगारदातालाई वार्षिक दश दिनार शुल्क लिर्नुपर्ने हुन्छ।

घरेलु कामदारलाई निजी क्षेत्रमा सरुवा गर्ने निर्णयले कतिपय आयोजना सम्पन्न गर्न आवश्यक पर्ने कामदारको व्यवस्था हुने पनि अनुमान गरिएको छ। नेपालबाट पनि पुगेका ठूलो संख्याका महिला कामदार यो निर्णयबाट लाभान्वित हुने म्यानपावर कम्पनीको अपेक्षा छ।

प्रकाशित: १३ साउन २०८१ ११:१९ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast