कुखुरा फार्म सञ्चालकको हत्यामा संलग्न दम्पती पक्राउ

हिमाल प्रेस २८ असार २०८१ १३:५६ | Friday, July 12, 2024
कुखुरा फार्म सञ्चालकको हत्यामा संलग्न दम्पती पक्राउ

इटहरी- मोरङको सुन्दरहरैँचा नगरपालिका १ स्थित कुखुरा फार्मका सञ्चालकको हत्यामा संलग्न दम्पतीलाई प्रहरीले गेस्ट हाउसबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ घर भइ कुखुरा फार्ममा काम गर्दै आएका ३५ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी रहेका छन्।

प्रहरीका अनुसार डेढ महिना अघिदेखि कुखुरा फार्ममा काम गर्दै आएका दम्पतीले फार्मका सञ्चालक सुन्दरहरैँचा नगरपालिका ९ का ४९ वर्षीय सहदेव बजगाईंको बिहीबार हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुवैजनालाई धरान उपमहानगरपालिका १२ स्थित अरुणोदय धर्मशालाको गेस्ट हाउसबाट बिहीबार साँझ ७ः३० बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

धरानबाट पक्राउ गरेर उनीहरूलाई थप अनुसन्धान एवम् कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ। कार्कीका अनुसार फार्मका सञ्चालकले काम गरेको पैसा नदिने र गालीगलौज गर्दै तुच्छ व्यवहार गर्ने गरेका कारण सहन नसकेर हत्या गरेको दम्पतीले स्वीकार गरेका छन्। प्रहरीका अनुसार घटनामा बन्चरो र दाउ प्रहार गरेर बजगाईंको हत्या भएका थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ असार २०८१ १३:५६ | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast