कास्की पहिरो अपडेट : मृतकको संख्या ११ पुग्यो

हिमाल प्रेस २८ असार २०८१ ८:५६ | Friday, July 12, 2024
कास्की पहिरो अपडेट : मृतकको संख्या ११ पुग्यो

कास्की- कास्कीका विभिन्न स्थानमा गए रातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ। पोखरा महानगरपालिका-१० र मादी गाउँपालिकामा एक जनाको पहिरोमा मृत्यु भएको हो।

पोखरा-१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात जनाको मृत्यु भएको हो। यसैगरी पोखरा-३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

मादी गाउँपालिका-११ ताप्लेमा गए राति पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको उनले बताए।

प्रकाशित: २८ असार २०८१ ८:५६ | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast