‘कार्साङ्’ को वर्कसपमा दयाहाङ

हिमाल प्रेस २ साउन २०८१ १७:४५ | Wednesday, July 17, 2024
‘कार्साङ्’ को वर्कसपमा दयाहाङ

काठमाडौँ- फिल्म ‘कार्साङ्’ को केही दिन देखि काठमाडौँमा कार्यशाला (वर्कसप) चलिरहेको छ। कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो।

फिल्मका मुख्य पात्र अभिनेता दयाहाङ राई वर्कसपमा जोडिएसँगै निर्माण टिमले छायांकनको तयारी सुरु गरेको छ।

केही महिना अघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गरी शुभमूर्हत गरिएको फिल्म यसै साताबाट छायांकनमा जाने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ। फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिनेछ।

फिल्म यम शेर्पाले निर्देशनमा गर्दै छन्। उनको यो डेब्यु निर्देशन हो। फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ। शेर्पाले यसअघि थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन्।

सामाजिक कथावस्तुमा निर्माण हुने यस फिल्मको मुख्य कलाकारमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी छन्। यसै फिल्ममार्फत नवनायिकाका सृजना र छिरिङले डेब्यु गर्दै छन्।

सृजनाले केही म्युजिक भिडियोमा काम गरेकी छन् भने छिरिङले शेर्पा समुदायमा आधारित केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छन्। उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन्।

यस्तै, फिल्ममा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहनेछ।

फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन्। फिल्ममा प्रधानकै छायांकन रहने छ। गोविन्द बोहरा सह-निर्माता रहेको फिल्मका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन्। फिल्म यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको हो।

प्रकाशित: २ साउन २०८१ १७:४५ | Wednesday, July 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast