काठमाडौँ- सेन्ट्रल एसियन भलिबल एशेसिएसन (काभा) यु–२० महिला भलिबल च्याम्पियनसिपअन्तर्गत भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ।
माल्दिभ्सको मालेस्थित सोसल सेन्टरमा गएराति सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको हो।
श्रीलंकासँग नेपाल पहिलो सेटमा २५–२० ले पराजित भएको थियो भने खेलको दोस्रो सेट नेपालले २६–२४ ले जितेको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यसपछि खेलको तेस्रो सेटमा २५–११ ले गुमाएको नेपालले चौथो सेट पनि २५–१८ गुमाएसँगै नेपाल पराजित भयो।
अब नेपालले आज बेलुका कीर्गिस्तानसँग खेल्नेछ। च्याम्पियनसिपमा आयोजक माल्दिभ्ससहित नेपाल, कीर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ।
प्रकाशित: ४ साउन २०८१ ९:४१ | Friday, July 19, 2024
प्रतिक्रिया





