 
                             
                                            काठमाडौँ- आजदेखि काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँको टुकुचाखोला र बागमती नदीको संगमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौँ, ललितपुर र भक्तपुरमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए। शाखाप्रमुख गौतमका अनुसार जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले ‘ओपिभी’ खोप खुवाउने छन्।
अभियान १२ गतेसम्म सञ्चालन हुनेछ। अभियानअन्तर्गत दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाइने उनले बताए।
                            प्रकाशित: ९ साउन  २०८१ १०:३२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 