काठमाडौँमा पार्किङ गरेर राखिएको बसभित्र भेटियो शव

हिमाल प्रेस १६ साउन २०८१ १४:५५ | Wednesday, July 31, 2024
काठमाडौँमा पार्किङ गरेर राखिएको बसभित्र भेटियो शव काठमाडौँ नयाँ बसपार्क। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँमा पार्किङ गरेर राखिएको बसभित्र शव भेटिएको छ। काठमाडौँ महानगरपालिका-२६ गोँगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरेर राखिएको बा २ ख २३४४ नम्बरको बसभित्र इटहरी उपमहानगरपालिका-१३ का ३७ वर्षका प्रल्हाद अधिकारीको शव मंगलबार साँझ फेला परेको हो।

‘एक/दुई दिनअघि नै मृत्यु भएको जस्तो शव बसभित्र भेटिएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले भने, ‘घटनाबारे अनुसन्धान जारी छ। अहिलेसम्म कसरी घटना भयो। हत्या हो या के हो खुलेको छैन।’

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उक्त बस दुई महिनायता बसपार्कमै पार्किङ गरेर राखिएको खुलेको छ।  मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १६ साउन २०८१ १४:५५ | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast