काठमाडौँमा पनि तीन जनामा हैजा पुष्टि

हिमाल प्रेस १३ साउन २०८१ १९:१२ | Sunday, July 28, 2024
काठमाडौँमा पनि तीन जनामा हैजा पुष्टि

काठमाडौँ- काठमाडौँमा तीन जना हैजाका बिरामी भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. अर्जुन सापकोटाले जानकारी दिए।

बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। ‘तीन जनामा रोग पुष्टि भएको छ। हैजा कसरी फैलियो भन्नेबारेमा अध्ययन गर्न टोली पठाइएको छ। अन्यत्र फैलिन नदिनका लागि सचेत छौँ,’  सापकोटाले भने।

यसअघि ललितपुरको एक सुधार केन्द्रमा हैजाका सात जना बिरामी भेटिएका थिए। कार्यालय प्रमुख डा. सापकोटाले दूषित पानीका कारण हैजा फैलिएको हुन सक्ने बताए। केही दिनअघि टुकुचा खोला र बागमती नदीको संगम स्थलमा टेकुमा पोलियोको जीवाणु देखिएको थियो।

चिकित्सकका अनुसार हैजाको जीवाणु सङ्क्रमित खाना वा पानीको सेवन, सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले लाग्ने गरेको गर्दछ। सङ्क्रमितको समयमै उपचार नभएमा मृत्यु पनि हुन सक्दछ।

हैजाका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ। यस्तै कडा लक्षण देखिएमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने हुन्छ।

प्रकाशित: १३ साउन २०८१ १९:१२ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast