कांग्रेस-एमालेलाई गल्ती गर्ने छुट छैन : शेखर कोइराला

हिमाल प्रेस ६ साउन २०८१ ११:५० | Sunday, July 21, 2024
कांग्रेस-एमालेलाई गल्ती गर्ने छुट छैन : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई ठूला दल एकै ठाउँमा उभिएकाले उनीहरुलाई गल्ती गर्ने छुट नभएको बताएका छन्।

जनताले सुशासनको अनुभूति हुने गरी सरकारले काम गर्नुपर्ने उनको भनाइ छ। अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा उनले जोड दिए।

देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको बताउँदै कोइरालाले भने- ‘अब पनि दुई ठूला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स हुन सक्छ।’

आफ्नो पार्टी सरकारमा हुँदा पनि गलतको ढाकछोप गर्न नसकिने उनको भनाइ छ। उनले भने, ‘जनभावना बिरोधि काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ।’

वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौँमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै कांग्रेस नेता कोइराला वीपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिड्न नसकेको गुनासो गरे।

‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पूर्वको साथीलाई दुख्थ्यो। पूर्वको साथीको पीडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफूलाई वीपीका अनुयायी भन्छौं तर स्वार्थमा परेर आफू-आफूमै लड्छौं,’ उनले भने, ‘वीपीले त यस्तो कहिल्यै सिकाउँनु भएन। हिजोको त्यो आत्मियता कहाँ गयो ?’

प्रकाशित: ६ साउन २०८१ ११:५० | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast