कांग्रेस-एमालेको सत्ता सहकार्य देशका लागि खतरनाक हुन सक्छ : रवि लामिछाने

हिमाल प्रेस ३ साउन २०८१ १६:१६ | Thursday, July 18, 2024
कांग्रेस-एमालेको सत्ता सहकार्य देशका लागि खतरनाक हुन सक्छ : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेस-नेकपा एमाले सही स्वार्थमा नमिलेको बताएको छ। आज बिहीबार पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले दुई ठूला दल देश विकासको स्वार्थका लागि नमिलेको बताएका हुन्।

‘हाम्रो जस्तो भागबन्डाको राजनीति, नियमक निकायमा नियुक्ति, संवैधानिक निकाय सबैतिर भागबन्डा चल्छ। सहि नीति लिएर अहिलेको सरकार बनेको भए गज्जब हुन्थ्यो,’ उनले भने, ‘अब एकपटक ठूला दल मिलेर देशका समस्या समाधान गर्न मुलुकको स्वार्थको लागि काम गर्नुपर्छ भनेर सरकार बनेको भए रिजल्ट दिन्थ्यो।’  उनले लौरो ठटाउँदै र घण्टी बजाउँदै स्वतन्त्रहरू निस्किएपछि कांग्रेस र एमाले मिलेको उनको भनाइ थियो।

‘रियलाइजेसनको नतिजा अहिलको दुई ठूला दलको मिलनमा देखिँदैन। साँच्चै हामीले नराम्रो गरेकै कारणले भन्दा पनि यतबाट घण्टी बजाउँदै आए, उताबाट लौरा ठटाउँदै आए भनेर अहिले त मल्टिपार्टी होइन दुई पार्टी नै मिल्नुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति नै आइसकेको छ,’ उनले भने, ‘त्यो रियलाइजेसनको कारणले भएको देखिँदैन।’ उनले कांग्रेस र एमालेको सत्ता सहकार्य अझै बढी खतरनाक हुनसक्ने पनि बताए।

प्रकाशित: ३ साउन २०८१ १६:१६ | Thursday, July 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast