कांग्रेसले समावेशिता र प्रादेशिक सन्तुलन कायम हुने गरी मन्त्री चयन गर्ने

हिमाल प्रेस २९ असार २०८१ १७:५१ | Saturday, July 13, 2024
कांग्रेसले समावेशिता र प्रादेशिक सन्तुलन कायम हुने गरी मन्त्री चयन गर्ने कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत। फाइल तस्बिर

काठमाडाैँ‍- नेपाली कांग्रेसले समावेशिता र प्रादेशिक सन्तुलन कायम हुने गरी मन्त्री चयन गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताका साथै समावेशिता र प्रादेशिक सन्तुलनलाई मापदण्ड बनाउने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।

त्यस्तै बैठकले एमालेसँग राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमति भएपश्चात एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको उनले बताए।

महतले प्रधानमन्त्रीले सपथ लिने समयसम्म सबै मन्त्रीहरूको टुंगाे लाग्ने बताए। पार्टीबाट मन्त्री चयनका लागि आन्तरिक छलफल भइरहेको उनको भनाइ छ।

त्यस्तै बैठकले देशभर प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै उद्धार, राहत र पुनस्थापनाका कामलाई तीव्रताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

प्रकाशित: २९ असार २०८१ १७:५१ | Saturday, July 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast