‘कर्मा’ निर्देशन गर्दै सौरभ

हिमाल प्रेस १० साउन २०८१ १६:५१ | Thursday, July 25, 2024
‘कर्मा’ निर्देशन गर्दै सौरभ

काठमाडौँ-  फिल्म ‘कर्मा’ बन्ने भएको छ। थिम पोस्टर सार्वजनिक गर्दै बिहीबार फिल्म निर्माण घोषणा गरिएको हो। पोस्टरमा युद्ध लड्न हिँडेका सौनिकको लस्कर देख्न सकिन्छ।

फिल्म सौरभ चौधरीले निर्देशन गर्न लागेका हुन्। निर्देशक चौधरी स्वयंको कथा रहेको फिल्म एक्सन, ड्रामा र एडभेन्चर जनरामा बन्नेछ। निर्देशक चौधरीले यसअघि गतवर्ष फागुन १८ प्रदर्शन भएको फिल्म ‘अगस्त्यः च्याप्टर-१’ को निर्देशन गरेका थिए भने तीन वर्षअघि ‘लभ डायरिज’।

फिल्म तिहारपछि छायांकन गर्ने निर्माण टिमको तयारी छ। फिल्मको कथा र कलाकारबारे निर्माण पक्षले खुलाएको छैन्। कलाकार छनोटकार्य भइरहेकोले यसबारे पछि जानकारी दिने निर्देशक चौधरीले बताए।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने फिल्ममा वसन्त लम्सालको लगानी रहनेछ।

प्रकाशित: १० साउन २०८१ १६:५१ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast