कर्मचारीलाई उपप्रधानमन्त्री सिंहको निर्देशन : जनताले प्रत्यक्ष लाभ लिने गरी काम गर्नुस्

हिमाल प्रेस १० साउन २०८१ १७:४८ | Thursday, July 25, 2024
कर्मचारीलाई उपप्रधानमन्त्री सिंहको निर्देशन : जनताले प्रत्यक्ष लाभ लिने गरी काम गर्नुस्

काठमाडौँ- उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले प्रत्यक्ष लाभको महसुस गर्नेगरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

बिहीबार शहरी विकास तथा भवन निर्माणले विभागमा आयोजना गरेको उपप्रधान एवं शहरी विकास मन्त्रीको स्वागत तथा विभागबाट सम्पादित कार्यक्रमहरूको संक्षिप्त प्रस्तुतीकरण कार्यक्रममा मन्त्री सिंहले कर्मचारीहरूलाई यस्ताे निर्देशन दिएका हुन्।

काम गर्ने क्रममा केही समस्या परे मन्त्रालयमार्फत समाधान गर्ने भन्दै मन्त्री सिंहले जनताले महसुस गर्नेगरि काममा ध्यान दिन निर्देशन दिए। शहरी विकास तथा भवन निर्माण विभाग मन्त्रालयकाे महत्त्वपूर्ण विभाग भएको भन्दै मन्त्री सिंहले कर्मचारीहरूलाई लगनशील तथा इमान्दारितापूर्वक काम गर्न आग्रह गरे।

प्रकाशित: १० साउन २०८१ १७:४८ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast