कर्णाली सरकारबाट माओवादी बाहिरियो, मन्त्रीले दिए राजीनामा

हिमाल प्रेस ७ साउन २०८१ १२:५३ | Monday, July 22, 2024
कर्णाली सरकारबाट माओवादी बाहिरियो, मन्त्रीले दिए राजीनामा

सुर्खेत- कर्णाली प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। सोमबार माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेललाई सामूहिक राजीनामा बुझाएका हुन्।

राजीनामा दिनेमा वैशाख १८ गते माओवादीका तर्फबाट मन्त्री नियुक्त भएका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावत र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री रणसिंह परियार रहेका छन्।

राजीनामा पत्र बुझ्दै मुख्यमन्त्री कँडेलले मन्त्रीहरूलाई सहकार्यका लागि धन्यवाद दिएका छन्। मन्त्रीहरूको राजीनामासँगै माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

माओवादीले समर्थन फिर्ता लिएसँगै अबको एक महिनाभित्र प्रदेश सभाबाट मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। योसँगै माओवादी कर्णालीमा पहिलो पटक प्रमुख प्रतिपक्षी बनेको छ।

प्रकाशित: ७ साउन २०८१ १२:५३ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast