कर्णाली सरकारबाट माओवादी बाहिरिने

हिमाल प्रेस ७ साउन २०८१ ९:०९ | Monday, July 22, 2024
कर्णाली सरकारबाट माओवादी बाहिरिने

काठमाडौँ- कर्णाली प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रले बाहिरिने तयारी गरेको छ। नेकपा एमाले नेतृत्वको सरकारमा माओवादीबाट सहभागी चार मन्त्रीले आज राजीनामा दिँदैछन्।

केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेसँगै एमाले नेता यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा माओवादीबाट सहभागी आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्रबहादुर केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाही पदमुक्त हुन लागेका हुन्।

उनीहरूले मुख्यमन्त्री कँडेललाई राजीनामा बुझाउने तयारी गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रणसिंह परियारले बताए। यद्यपि, माओवादी संसदीय दलले भने हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छैन।

मन्त्री परियारका अनुसार केन्द्रमा समीकरण फेरिएसँगै राजीनामा पत्र बोकेर हिँडेको भए पनि संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सरकारबाट बाहिरिने विषयमा निर्णय गरेका छैनन्।

प्रकाशित: ७ साउन २०८१ ९:०९ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast