कमला नदीमा फसेका तीन जनाको उद्धार

हिमाल प्रेस १६ साउन २०८१ २०:२२ | Wednesday, July 31, 2024
कमला नदीमा फसेका तीन जनाको उद्धार फाईल तस्बिर।

जनकपुरधाम– धनुषाको कमला नदीमा आज एक्कासी आएको बाढीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको छ। सबैला नगरपालिकाको–१३, किरतपुरस्थित कमला नदीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुन्दर चौलागाईंले सोही ठाउँका १७ वर्षीय राजेश यादव, ४० वर्षीय नथुनी यादव र शिवराम साफीलाई कमला नदीको बीच भागबाट उद्धार गरिएको जानकारी दिए।

आज बिहान दाउरा सकंलन गर्न गएको अवस्थामा एक्कासी बाढीको वहाब बढेपछि उनीहरू नदीमा फसेका थिए।

सबैला नगरपालिकाबाट खटिएका नगर प्रहरी र सशस्त्र प्रहरी वेस क्याम्प रघुनाथपुरको सहयोगमा लाइफ ज्याकेट, ट्युब र डोरीको सहायताले उद्धार गरिएको प्रहरी निरीक्षक चौलागाईंले जानकारी दिए। उद्धार कार्यमा सबैला नगरपालिकाका नगरप्रमुख कारीराम यादवले समन्वय र सहयोग गरेका थिए।

बाढीबाट सुरक्षित रहन तथा सतर्क रहन धनुषा प्रहरीले नदी तटीय क्षेत्रका नागरिकलाई आग्रह गरेको छ।

प्रकाशित: १६ साउन २०८१ २०:२२ | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast