कबा स्रष्टा सम्मान र साहित्यकार उपचार कोष स्थापना

हिमाल प्रेस ५ साउन २०८१ १२:४२ | Saturday, July 20, 2024
कबा स्रष्टा सम्मान र साहित्यकार उपचार कोष स्थापना

काठमाडौँ– नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वर (कबा) को बाह्रौँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको छ। वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा स्रष्टाहरू वसन्त रिजाल ,गणेश मिश्र र रुपान्जली चालिसेलाई कबा विशिष्ट सम्मान तथा रमेशप्रसाद खनाललाई कबा सम्मान अर्पण गरिएको थियो।

सर्जकहरू डा. छायादत्त न्यौपानेलाई नालांग, गंगा आचार्यलाई पुष्करप्रसाद श्यामा खरेल स्मृति,राम आचार्य पुष्पप्रेमीलाई गंगा लिगल, सुशील आचार्यलाई भमरकोटे सुसेली र अनिता तामाङलाई हेमगंगा कबा रचना पुरष्कार २०८१ अर्पण गरिएको थियो।

कार्यक्रममा साहित्यिक पत्रकार जयराम बिडारीलाई महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार समर्पण गरिएको थियो।

सम्मानित र पुरस्कृतलाई ग्रगा लिगलले टीका र गंगा पौडेलले खादा लगाइदिएका थिए। विष्णु पन्त, विमल अर्याल, कृष्ण आचार्य, ममता मृदुल, शम्भु गजुरेल, भूषण खरेल, मदनराज थापा, विक्रम श्रेष्ठले खादा लगाइदिएका थिए।

वरिष्ठ साहित्यकारहरू विजय चालिसे, रामप्रसाद ज्ञवाली, वेदमणि घिमिरे, हेमनाथ पौडेल, गोविन्दमान सिंह कार्की र प्रवीण जोशीले सम्मानपत्र प्रदान गरेका थिए। संरक्षक सदस्यहरू माधवलाल श्रेष्ठ ,सञ्चिता खरेल, गंगा लिगल, दुर्गा भमरकोटे, गंगा पौडेल र महेन्द्र चालिसेले पुरस्कृतहरूलाई नगद अर्पण गरेका थिए।

कार्यक्रममा कबा साहित्यकार उपचार कोषका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेले पाँच लाखको अक्षयकोष स्थापना गरी साहित्यकार उपचार कोष स्थापना भएको घोषणा गरेका थिए। कोषाध्यक्ष त्रिलोचन आचार्यले कोषको कार्यविधि प्रस्तुत गरेका थिए। संस्थाका सल्लाहकार शंकर भारतीको सभापतित्व र व्यवस्थापक विमल कोइरालाको सञ्चालनमा भएको सो कार्यक्रममा राम अचार्यको कृति ‘अभावका सुस्केराहरू’ को विमोचन गरिएको थियो।

प्रकाशित: ५ साउन २०८१ १२:४२ | Saturday, July 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast