कक्षा १२ को नतिजा प्रकाशन यसै साता

हिमाल प्रेस १६ साउन २०८१ ७:४७ | Wednesday, July 31, 2024
कक्षा १२ को नतिजा प्रकाशन यसै साता

काठमाडौँ– कक्षा १२ को परीक्षाको नतिजा यसै साता प्रकाशित हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षाफल बोर्डको क्यालेन्डरअनुसार नै प्रकाशित हुने बताएका हुन्।

उनले भने, ‘हाम्रो क्यालेन्डरमा साउन तेस्रो साता परीक्षाफल प्रकाशित हुने व्यवस्था छ। हामी क्यालेन्डरअनुसार नतिजा प्रकाशित गर्ने तयारीमा छौँ।’

वैशाख १४ गतेदेखि भएको परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए। बोर्डका अनुसार  नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन्। ग्रेडवृद्धितर्फका १ लाख ६ सय ५० विद्यार्थी सहभागी भएका थिए।

प्रकाशित: १६ साउन २०८१ ७:४७ | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast