ओलीलाई विश्वासको मत दिने लोसपाको निर्णय

हिमाल प्रेस ३ साउन २०८१ १८:१३ | Thursday, July 18, 2024
ओलीलाई विश्वासको मत दिने लोसपाको निर्णय लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ।

पार्टीको बिहीबार बसेको संसदीय दलको बैठकले ओलीलाई विश्वासको मत दिने निर्णय भएको महासचिव मनीष मिश्रले जानकारी दिए। प्रधानमन्त्री ओलीले ६ गते विश्वासको मत लिने भएका छन्।

वर्तमान सरकारलाई समर्थन गरेको लोसपाका तर्फबाट नेता शरतसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री छन्। प्रतिनिधिसभामा लोसपाका चार सांसद छन्।

प्रकाशित: ३ साउन २०८१ १८:१३ | Thursday, July 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast