ओलीको जनसम्पर्क सल्लाहकारमा प्रकाशमान सिंहसँग हारेका किरण पौडेल

हिमाल प्रेस १२ साउन २०८१ ७:१५ | Saturday, July 27, 2024
ओलीको जनसम्पर्क सल्लाहकारमा प्रकाशमान सिंहसँग हारेका किरण पौडेल

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा किरण पौडेल नियुक्त भएका छन्। नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष पौडेललाई प्रधानमन्त्री ओलीको जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा नियुक्त भएका छन्। युवा नेता पौडेललाई आजैबाट लागू हुने गरी सो जिम्मेवारी प्रदान गरिएको हो।

युवा पुस्ताका नेता पौडेल २०७९ को आम निर्वाचनमा काठमाडौं क्षेत्र १ बाट चुनावी प्रतिष्पर्धामा थिए । उनी पार्टीको संगठन निर्माणदेखि समाजसेवामा सक्रिय भूमिका खेल्ने युवा नेताको रुपमा परिचित छन्।

उनी काठमाडौँ १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग हारेका हुन्। संयोग अहिले कांग्रेसबाट ओलीको क्याबिनेटमा सिंहले नै मन्त्रीहरूको नेतृत्व गरिरहेका छन्। यता पौडेल भने प्रधानमन्त्रीकै सल्लाहकार बने।

प्रकाशित: १२ साउन २०८१ ७:१५ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast