 केपी शर्मा ओली।
                              केपी शर्मा ओली।
                                            काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। दाँत दुख्ने समस्याले सताएपछि अध्यक्ष ओलीले सोमबार एउटा दाँत निकालेका थिए। सोही कारण मंगलबारका लागि तय भएको एमाले सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित भएको छ।
‘अध्यक्षज्यूलाई दाँतले दुःख दिएको थियो। त्यो दाँत सोमबार निकालिएको छ’, ओलीको सचिवालयका एक सदस्यले भने, ‘आजको बैठकमा बोल्दा थप समस्या हुनसक्छ भनेर बैठक बुधबारका लागि सारिएको हो।’ अध्यक्ष ओली बालकोटस्थित निवासमै आराम गरिरहेको ती सदस्यले बताए।
                            प्रकाशित: २५ असार  २०८१ १५:३१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 