एमालेले संसद् सचिवालयलाई गरायो सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी

हिमाल प्रेस २१ असार २०८१ १३:५९ | Friday, July 5, 2024
एमालेले संसद् सचिवालयलाई गरायो सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी

काठमाडौँ- नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराएको छ। पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले संसद् सचिवालयलाई पत्र लेख्दै एमाले प्रतिपक्षमा बस्ने जानकारी गराएका छन्।

‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा (एमाले)को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ,’ बर्तौलाले लेखेको पत्रमा भनिएको छ, ‘सोको जानकारी सम्माननीय प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा हाम्रो दल नेकपा (एमाले) संसदमा प्रतिपक्षमा रहने व्यहोरा जानकारी गराइन्छ।’

प्रधानमन्त्री प्रचण्डले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने बताउँदै आएका छन्। एमाले र कांग्रेसले भने मार्गप्रशस्त गरेर नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गर्दै आएका छन्।

प्रकाशित: २१ असार २०८१ १३:५९ | Friday, July 5, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast