‘एक्लो’मा जोडिए दिनेश डीसी र सुरज सिंह ठकुरी

हिमाल प्रेस २६ असार २०८१ १३:५९ | Wednesday, July 10, 2024
‘एक्लो’मा जोडिए दिनेश डीसी र सुरज सिंह ठकुरी

काठमाडौँ- फिल्म ‘एक्लो’मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित भएका छन्। प्रदीप शाहीले निर्देशन निर्माण गर्न लागेको यो फिल्ममा उनीहरू अनुबन्धित भएका हुन्।

भदौको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमामा अभिनेता प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दीया पुन, बेलायती अभिनेता जेमी बेकन लगायत अनुबन्धित भइसकेका छन्।

‘एक्लो’ निर्देशक शाहीले बेलायतमा सिनेमा मेकिङ पढेका हुन्। त्यहाँ केही छोटा सिनेमा र सिरिजमा काम गरेपछि उनले नेपाली सिनेमा निर्देशनमा होमिएका थिए । यसअघि उनले ‘गोर्खा : विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए ।

प्रकाशित: २६ असार २०८१ १३:५९ | Wednesday, July 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast