एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

हिमाल प्रेस ९ साउन २०८१ ८:२८ | Wednesday, July 24, 2024
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक माधवकुमार नेपाल।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक साउन १० गतेका लागि आह्वान गरेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषय निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेयले बताए।

केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी सन्तुलन मिलाएर मनोनयन गरिने नेता पाण्डेले जानकारी दिए। पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छन्। सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्‍याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

समावेशीकरणको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ।

प्रकाशित: ९ साउन २०८१ ८:२८ | Wednesday, July 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast