उपसभामुखको कक्षलाई कन्सल्टेन्सी बनाउन खोजियो : कांग्रेस

हिमाल प्रेस ६ साउन २०८१ १३:३४ | Sunday, July 21, 2024
उपसभामुखको कक्षलाई कन्सल्टेन्सी बनाउन खोजियो : कांग्रेस रामहरि खतिवडा

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा उपसभामुख इन्दिरा राना मगरलाई संसद्को कमाण्ड गर्न सुहाँउछ कि सुहाँउदैन भनि प्रश्न गरेका छन्।

आजको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा उनले उपसभामुखले अमेरिकाको भिसाका लागि लेखेको पत्रबारे उनले छानबिन गर्न माग गरे।

‘संसद्‌भन्दा बाहिर बसेर छानबिनमा सहयोग गर्नुस्,’ उनले भने, ‘उपसभामुखमा कन्सल्टेन्सी नबनाइयोस्। सूचना बेच्ने त देखिनँ । मान्छे बेच्ने यतै कतै छ कि छानबिन गर्नुपर्छ । उहाँको इज्जतका लागि संसद्को बाटोबाट टाप कस्न बेस हुन्छ।’

प्रकाशित: ६ साउन २०८१ १३:३४ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast