उपत्यकामा फैलियो हैजा

हिमाल प्रेस ९ साउन २०८१ ९:३४ | Wednesday, July 24, 2024
उपत्यकामा फैलियो हैजा

काठमाडौँ- काठमाडौँ उपत्यकामा हैजा फैलिएको छ। मंगलबार ललितपुरका १६ वर्षीय एक किशोरलाई हैजाको संक्रमण पुष्टि भएसँगै उपत्यकामा हैजाको जोखिम बढेको हो। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका अनुसार हैजा संक्रमण पुष्टि भएका किशोरको उपचार भइरहेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ललितपुरको गोदावरी नगरपालिका–१४ ठैवको एक पुर्नस्थापना केन्द्रमा बस्ने ती किशोरमा हैजा पुष्टि भएको हो। त्यस्तै ठैवकै अर्का एक जना झाडापखालाका बिरामीको रिर्पोट आउन बाँकी छ। पछिल्लो समय झाडापखालाका दैनिक १० जना बिरामी टेकुमा उपचारका लागि पुग्ने गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा फैलन नदिन अहिले हैजा भेटिएको पुर्नस्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्ने भएको छ। हैजा भएका मानिसको दिसाबाट कीटाणु फैलने गर्छ। ती कीटाणु पानी र खानाको माध्यमबाट अन्य मानिसमा प्रवेश गरेसँगै हैजा फैलने गर्छ।

प्रकाशित: ९ साउन २०८१ ९:३४ | Wednesday, July 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast