आयुक्तमा सिफारिस प्रधानको निर्णय लिन संसदीय समितिको बैठक बस्दै

हिमाल प्रेस १४ साउन २०८१ ७:१० | Monday, July 29, 2024
आयुक्तमा सिफारिस प्रधानको निर्णय लिन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नियुक्तिका विषयमा छलफल गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ।

संवैधानिक परिषद्ले ४ असारमा प्रधानलाई आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको थियो । नेपाल कानुन समाजका कार्यकारी निर्देशकसमेत रहेका प्रधानको सिफारिसलगत्तै यौनकाण्ड सार्वजनिक भएको थियो।

संसदको विशेष सुनुवाइ समितिमा पीडित महिलाले प्रधानविरुद्ध उजुरीसमेत दिएकी थिइन्। प्रधानविरुद्ध यौन हिंसासँग जोडिएका चारवटा उजुरी समितिमा दर्ता भएका थिए । तिनै उजुरीपछि विवादमा फसेका प्रधानलाई जोगाउने प्रयास भएको हो। सुनुवाइ समितिले प्रधानबारे यसअघि पनि निर्णय लिन सकेन। त्यसैले आज समितिको बैठक बस्दैछ।

 

प्रकाशित: १४ साउन २०८१ ७:१० | Monday, July 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast