प्रधानको विषयमा छलफल गर्न संसदीय समितिको बैठक सोमबार बस्दै

हिमाल प्रेस १३ साउन २०८१ ६:४७ | Sunday, July 28, 2024
प्रधानको विषयमा छलफल गर्न संसदीय समितिको बैठक सोमबार बस्दै

काठमाडौँ- संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक बोलाइएको छ। निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो।

बैठक सोमबार बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । असार २ गते संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा प्रधानविरूद्ध यौन शोषण गरेको उजुरी परेको थियो ।

सोही कारण प्रधानलाई आयुक्तमा अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय हुन सकेको छैन। सोमबार बस्ने बैठकमा यसबारे निर्णय हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित: १३ साउन २०८१ ६:४७ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast