 केपी शर्मा ओली।
                              केपी शर्मा ओली।
                                            काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि डाकेका छन्। अध्यक्ष ओलीले उपप्रधानमन्त्री रघुवीर महासेठसहित सबै मन्त्रीलाई सोमबार निजी निवास बालकोटमा डाकेको उनको सचिवालयले जनाएको छ।
अध्यक्ष ओलीले साँझ साढे ६ बजे बालकोटस्थित आफ्नो निवासमा मन्त्रीहरूलाई छलफलका लागि बोलाएका हुन्।
सत्ता राजनीतिका विषयलाई लिएर शीर्ष नेताबीच भेटवार्ता तीव्र भएको छ। प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष ओलीबीच बेग्लाबेग्लै भेटवार्ता चलिरहेको छ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आइतबार पनि भेटवार्ता भएको छ। अध्यक्ष ओली र सभापति देउवाबीच शनिबार भेटवार्ता भएको थियो। भेटवार्तामा सभापति देउवाले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको समाचार सार्वजनिक भएका छन्।
त्यसपछि माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि ओलीसहितका नेतासँग भेटेर लामो कुराकानी गरेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 