आज साउनको पहिलो सोमबार, पशुपति मन्दिर पुग्नेको घुइँचो

हिमाल प्रेस ७ साउन २०८१ ९:४४ | Monday, July 22, 2024
आज साउनको पहिलो सोमबार, पशुपति मन्दिर पुग्नेको घुइँचो फाइल तस्बिर

काठमाडौँ- आज साउनको पहिलो सोमबार। साउनको सोमबार मन्दिरमा पूजाआजा गरे मनोकांक्षा पूरा हुने विश्वास छ। यसैले काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

काठमाडौँमा आज झरी परिरहेको छ। तर, झरीको बेवास्ता गर्दै भक्तजन पशुपतिनाथको दर्शन गर्न पुगेका छन्।

आज साउनको पहिलो सोमबार भएकाले देशैभरीका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ। साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने प्रचलन छ।

प्रकाशित: ७ साउन २०८१ ९:४४ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast