आज यी प्रदेशमा वर्षा

हिमाल प्रेस ११ साउन २०८१ ६:१२ | Friday, July 26, 2024
आज यी प्रदेशमा वर्षा फाइल तस्बिर

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले आज देशका केही भू-भागमा बिहानैदेखि वर्षा भइरहेको जनाएकाे छ। आंशिकदेखि साधारणतया बदली हुँदा गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको विभागकाे भनाइ छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागले जनाएकाे छ। विभागकाे भनाइमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। विभागले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ।

प्रकाशित: ११ साउन २०८१ ६:१२ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast