आज मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

हिमाल प्रेस ११ साउन २०८१ ६:४६ | Friday, July 26, 2024
आज मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो।

यसका लागि राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको छ। बोर्ड बैठकलगत्तै मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।

मौद्रिक नीति गत शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो।

राष्ट्र बैंकका पूर्व गभर्नर डा.युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक तथा विकास सल्लाहकार नियुक्त भएपछि मौद्रिक नीति सार्वजनिक गर्न लागिएकाे हाे।

खतिवडाकाे सुझाव समेटिएर मौद्रिक नीति आउने बताइएकाे छ।

प्रकाशित: ११ साउन २०८१ ६:४६ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast