आज पाँचौँपटक विश्वासको मत लिँदै प्रचण्ड

हिमाल प्रेस २८ असार २०८१ ६:२२ | Friday, July 12, 2024
आज पाँचौँपटक विश्वासको मत लिँदै प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्बाट पाँचौँपटक विश्वासको मत लिँदै छन्। मुख्य सत्ता साझेदार दल नेकपा एमालेले यही असार १९ गते समर्थन फिर्ता लिएपछि प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन्।

संसद्मा प्रतिनिधित्व गर्ने दुई मुख्य ठूला दल नेपाली कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन गर्ने सहमति भएपछि एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री बनेका थिए। उनले गत पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए भने पछिल्लोपटक गत जेठ ७ गते विश्वासको मत लिएका थिए।

प्रचण्डले उनकै दल माओवादी केन्द्रबाट ३२, नेकपा एकीकृत समाजवादीबाट १०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट २१ मत गरी पक्षमा जम्मा ६३ मत पाउनेछन्।प्रतिनिधिसभामा सरकार बनाउन १३८ मत चाहिन्छ। जुन मत प्रचण्डकाे पक्षमा छैन।

प्रचण्डले विश्वासकाे मत नपाउने स्पष्ट भएपछि कांग्रेस र एमाले प्रधानमन्त्रीमा आजै दाबी पेस गर्ने तयारी गरेका छन्।

प्रकाशित: २८ असार २०८१ ६:२२ | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast