आज कति छ विदेशी मुद्राको विनिमय दर?

हिमाल प्रेस ८ साउन २०८१ ७:२६ | Tuesday, July 23, 2024
आज कति छ विदेशी मुद्राको विनिमय दर? फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसा निर्धारण भएको छ।

दुई दिन अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा थियो। दुई दिन उच्च विन्दुमा स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो। युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९६ पैसा थियो।

बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा थियो। अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ २६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६७ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ९० पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ र बिक्रीदर ४३८ रुपैयाँ ९७ पैसा थियो। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३१ र बिक्रीदर ३५५ रुपैयाँ ९० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३० र बिक्रीदर ३५५ रुपैयाँ ८९ पैसा थियो।

प्रकाशित: ८ साउन २०८१ ७:२६ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast