आख्यानकार विकलका तीन कृति प्रकाशन

हिमाल प्रेस १ साउन २०८१ २१:१९ | Tuesday, July 16, 2024
आख्यानकार विकलका तीन कृति प्रकाशन

काठमाडौँ- आख्यानकार रमेश विकलका कथा, उपन्यास र नाटकलाई समेटी तीन कृति प्रकाशन गरिएका छन्। आख्यानकार विकलका छरिएर रहेका कथा, नाटक र उपन्यासलाई जम्मा गरेर तीन ग्रन्थ प्रकाशन गरिएको रमेश विकल साहित्य प्रतिष्ठानले जनाएको छ।

रमेश विकल समग्र मूल शीर्षकअन्तर्गत कृतिमा उनका कथा, उपन्यास र नाटक गरी अलगअलग तीन वटा खण्डमा प्रकाशित भएका हुन्। विकलका कतिपय कृति नयाँ संस्करणमा प्रकाशन नगरिँदा शोधार्थी, विद्यार्थी र पाठकलाई कठिनाइ भइरहेको थियो। यस्तो अवस्थामा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठानले यी कृति प्रकाशन गरेको हो।

रमेश विकल समग्र कथा खण्डमा सङ्ग्रहमा नआएका फुटकर प्रकाशित ३३ वटासहित करिब एक सय ५० कथा एक हजार तीन सय ९२ पृष्ठमा विस्तारित रहेको महासचिव विजय चालिसेले जानकारी दिए। ९४४ पृष्ठको उपन्यास खण्डमा विकलका तीनवटा चर्चित उपन्यास सुनौली, अविरल बग्दछ इन्द्रावती र सागर उर्लन्छ सगरमाथा छुन समावेश छन्। यसै गरी ६०८ पृष्ठको नाटक खण्डमा यसअघि प्रकाशित चार सङ्ग्रहका साथै फुटकर प्रकाशित ९ वटा नाटक समावेश गरिएको उनले बताए।

२०१६ देखि २०७५ सम्मका अलगअलग कालखण्डमा प्रयुक्त वर्णविन्याशगत विविधतालाई एकरूपता दिइ वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीले यी कृतिका लागि योगदान गरेको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: १ साउन २०८१ २१:१९ | Tuesday, July 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast