अस्ट्रेलियाबारे एक प्रतिवेदन भन्छ : ‘हरेक वर्ष अस्ट्रेलियामा सात लाख टन खाद्यान्न खेर जान्छ’

हिमाल प्रेस १२ साउन २०८१ ७:२७ | Saturday, July 27, 2024
अस्ट्रेलियाबारे एक प्रतिवेदन भन्छ : ‘हरेक वर्ष अस्ट्रेलियामा सात लाख टन खाद्यान्न खेर जान्छ’

क्यानबेरा- अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको छ। इन्ड फुड वेस्ट अस्ट्रेलिया (इएफडब्लूए) द्वारा प्रकाशित प्रतिवेदनअनुसार अस्ट्रेलियालीहरूले दैनिक दुई करोड ९० लाख डलर बराबरको खाना खेर फाल्छन्।

दक्षिण अस्ट्रेलियामा रहेको इएफडब्लुएका प्रमुख कार्यकारी स्टिभन लापिजले यहाँ ३७ लाख घरपरिवारलाई टेबलमा खाना राख्न सङ्घर्ष गरिरहेको समयमा प्रत्येक अस्ट्रेलियालीलाई दिउँसोको खाना उपलब्ध गराउन यो बर्बादी पर्याप्त रहेको बताए।

अस्ट्रेलियालीहरूले प्रत्येक वर्ष बर्बाद गर्ने खानाको संयुक्त मूल्य ३६ अर्ब ६० करोड अस्ट्रेलियाली डलर (२४ अर्ब ३० करोड अमेरिकी डलर) रहेको प्रतिवेदनले अनुमान गरेको छ । नयाँ प्रतिवेदन सन् २०२४ राष्ट्रिय खाद्य अपशिष्ट शिखर सम्मेलनको पूर्वसन्ध्यामा प्रकाशित गरिएको थियो । यसले मेलबर्नमा विश्वभरका विज्ञ र उद्योगका नेताहरूलाई एकसाथ आमन्त्रण गर्दछ ।

लापिजले एक मिडिया विज्ञप्तिमा दुई दिने कार्यक्रम राष्ट्रिय रणनीति र सन् २०३० लक्ष्यको बीचको बीचमा बिन्दुमा आउने बताए। ‘यो कठिन समय हो, जीवनको लागतको संकटले कार्यको आवश्यकतालाई तीव्ररूपमा ध्यान दिइरहेको छ । हामी सन् २०३० सम्ममा खाद्यान्नको बर्बादीलाई आधा गर्ने हाम्रो योजनाको आधा बाटोमा छौँ । यो शिखर सम्मेलन महत्त्वपूर्ण छ’, उनले भने।

जलवायु परिवर्तन, ऊर्जा, वातावरण र जल विभागले खाद्यान्को बर्बादी अस्ट्रेलियाको वार्षिक हरितगृह ग्यास उत्सर्जनको तीन प्रतिशत ओगट्ने र खाना उत्पादन गर्न २६ हजार गिगालिटर पानी खेर गएको अनुमान गरेको छ। रासस,सिन्ह्वा

प्रकाशित: १२ साउन २०८१ ७:२७ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast