अब बाह्रै महिना, २४ सै घण्टा मेलम्चीको पानी ल्याउने काम गर्नेछु : मन्त्री यादव

हिमाल प्रेस ३१ असार २०८१ १८:२१ | Monday, July 15, 2024
अब बाह्रै महिना, २४ सै घण्टा मेलम्चीको पानी ल्याउने काम गर्नेछु : मन्त्री यादव

काठमाडौँ-  नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याको दिगो समाधान गर्न लागिपर्ने बताएका छन्।

आज (आइतबार) सिंहदरबारस्थित मन्त्रालयमा पदवहालीपछि उनले मेलम्चीमा देखिएको चुनौती समाधान गरेर बाह्रै महिना खानेपानी उपलब्ध गराउने गरी काम गर्ने बताए। ‘मेलम्ची खानेपानी आयोजना यतिबेला बन्द छ, अब बाह्रै महिना, २४ घण्टा मेलम्चीको पानी ल्याउने गरी काम गर्नुपर्नेछ,’ उनले भने, ‘खानेपानीको क्षेत्रमा बजेट कम भयो भनेर नआत्तिनुस् बजेट व्यवस्थापन गर्नेछु, सबै मिलेर खानेपानी समस्या समाधानमा लागौँँ।’

जलवायु परिवर्तनलगायतका कारणले जमिनमुनि पानीको सतह घट्ने, पानीको स्रोत सुक्नेलगायत समस्या देखिन थालेको भन्दै मन्त्री यादवले सबै मिलेर उल्लेखित समस्या समाधानका उपाय खोजिनुपर्नेमा जोड दिए। ‘उपत्यकामा मात्रै होइन, खानेपानीको समस्या तराईलगायत अन्य क्षेत्रमा पनि बढ्न थालेको छ। अब मेलम्चीलगायत अन्य खानेपानी आयोजना तर्जुमा गरेर जनतामा पानीको सहज पहुँच पुर्‍याउन लागिपर्ने छु,’ उनले भने। रासस

प्रकाशित: ३१ असार २०८१ १८:२१ | Monday, July 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast