अन्तिम अभ्यास खेलमा नेपालको रोमाञ्चक जित

हिमाल प्रेस १ साउन २०८१ १६:२९ | Tuesday, July 16, 2024
अन्तिम अभ्यास खेलमा नेपालको रोमाञ्चक जित

काठमाडौँ- श्रीलंका क्रिकेट संघको महिला विकास टोलीविरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी-२० अभ्यास खेलमा नेपाली महिला टोलीले दुई रनको रोमाञ्चक जित निकालेको छ।

मंगलबार नेपालले प्रस्तुत गरेको ११३ रनको लक्ष्य पछ्याएको श्रीलंकन टोली १९‍‍.५ ओभरमा ११० रनमै समेटियो। श्रीलंकन टोलीका लागि बलासूर्याले ३८, नेत्राञ्जलीले २६, निसन्सलाले १२ र सिवान्दीले १० रन बनाए। नेपालका लागि कविता जोशीले तीन, कीर्तिका मरासिनीले दुई तथा कप्तान इन्दु बर्मा र कविता कुँवरले समान एक विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११२ रनको योगफल तयार पारेको थियो। नेपालका लागि रुबिना क्षेत्रीले ३७, विन्दु रावलले २०, सीता रनामगरले १५ र सम्झना खड्काले १० रन बनाए।

श्रीलंकन टोलीका लागि थन्नाकोनीले दुई तथा इन्दुवारी शिवान्दी र मिथसराले समान एक विकेट लिए। यसअघि नेपाल ३३ रन र चार विकेटले पराजित भएको थियो। नेपालले एसिसी महिला एसिया कपको तयारी स्वरुप श्रीलंका क्रिकेट संघको महिला विकास टोलीविरुद्ध अभ्यास खेल खेलेको हो।

नेपालले जुलाई १९ मा युएईसँग खेल्दै एसिया कपको सुरुवात गर्नेछ।

प्रकाशित: १ साउन २०८१ १६:२९ | Tuesday, July 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast