‘शिक्षक तथा कर्मचारी कल्याण कोषकाे कार्यसमिति एकलाैटी ढंगले गठन गरियाे,सच्याइयाेस्’

हिमाल प्रेस १५ साउन २०८१ १२:२८ | Tuesday, July 30, 2024
‘शिक्षक तथा कर्मचारी कल्याण कोषकाे कार्यसमिति एकलाैटी ढंगले गठन गरियाे,सच्याइयाेस्’

काठमाडाैँ- नेपाल विद्यालय कर्मचारी परिषद्,जिल्ला कार्यसमिति रुपन्देहीले शिक्षक तथा कर्मचारी कल्याण कोषकाे कार्यसमिति एकलाैटी ढ‌ंगले गठन गरेकाेमा आपत्ति जनाएकाे छ। जिल्ला कार्यसमितिका अध्यक्ष हाेमप्रसाद ढकाल र सचिव नरेन्द्र गुरुङले साेमबार एक विज्ञप्ति जारी गर्दै कार्यसमिति गठनमा आपत्ति जनाएका हुन्।

विज्ञप्तिमा भनिएकाे छ,‘मिति २०८१।०४।१२ गते बुटवलमा भएको रुपन्देही जिल्लामा स्थापित शिक्षक कर्मचरीको हितको लागि शिक्षक तथा कर्मचारी कल्याण कोषको ५औँ साधारण सभा तथा दोस्रो अधिवेशनमा विद्यालय कर्मचारी परिषद् रुपन्देहीबाट कोषाध्यक्ष पदमा उम्मेदवार दिएको तर विद्यालय कर्मचारी परिषदले उम्मेदवारी फिर्ता नलिएको अवस्थामा शिक्षकका संघसंगठनबाट गठित कथित निर्वाचन मण्डलले एकलौटी ढंगबाट विद्यालय कर्मचारीको असहमति जनाउँदै गर्दा पनि कार्यसमिति गठनको निर्णय गरेकोप्रति हाम्रो घोर आपत्ति रहेको छ।’

उक्त अमर्यादित प्रवृत्तिले आगामी दिनमा संस्थाले कसरी गति लिनसक्छ? भन्दै विद्यालय कर्मचारी जिल्ला कार्यसमितिले प्रश्न गरेकाे छ। उक्त गलत निर्णयलाई तुरुन्त सच्याए शिक्षक कर्मचारीको सह-अस्तित्वलाई स्विकार आग्रह गरिएकाे छ।

 

प्रकाशित: १५ साउन २०८१ १२:२८ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast