लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा ‘कल्ली’ बन्दै

हिमाल प्रेस १६ साउन २०८१ ११:०० | Wednesday, July 31, 2024
लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा ‘कल्ली’ बन्दै

काठमाडौँ- लक्ष्मण सुनारको कथा तथा निर्देशनमा फिल्म ‘कल्ली’ बन्ने भएको छ। फिल्मका मुख्य कलाकारको क्यारेक्टरसहितको तीन पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो। पोस्टरमा अभिनेत्री बेनिशा हमाल र कलाकार पल शाहको क्यारेक्टर लुक्स देख्न सकिन्छ। फिल्ममा उनीहरु मुख्य भूमिकामा देखिनेछन्।

सार्वजनिक तीन पोस्टरमा पल शाह एङ्ग्री अवतारमा देखिएका छन् भने हातमा अग्नी बोकेकी बेनिशाको गेटअपले फिल्मको कथाबारे कौतुहलता जगाउने किसिमको छ। फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ।

फिल्म आगामी नयाँ बर्षलाई तार्गेट गर्दै चैत २९ गते प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ। फिल्म आगामी तिहारपछि छायांकन गरिने निर्माण टिमले जनाएको छ। निर्माता किरण नेपालीको प्रस्तुति रहेको फिल्म रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो।

सुनारको निर्देशनमा बनेको पहिलो फिल्म ‘बुलाकी’ यही साउन ३२ देखि पुनः प्रदर्शन हुँदैछ भने यसअघि उनकाे निर्देशनमा अन्य फिल्म ‘फनफनी’ र ‘बन्दी’ को पनि बन्ने  घोषणा गरिएकाे थियाे।

 

प्रकाशित: १६ साउन २०८१ ११:०० | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast