प्रतिनिधिसभामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक पेस हुने

हिमाल प्रेस १३ साउन २०८१ ६:२५ | Sunday, July 28, 2024
प्रतिनिधिसभामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक पेस हुने फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सांसदहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जनाएका छन् ।

 

प्रकाशित: १३ साउन २०८१ ६:२५ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast