नेपाल सुनचाँदी व्यवसायी महासंघमा अर्जुन रसाइलीको नेतृत्व

हिमाल प्रेस १६ असार २०८१ १२:५१
नेपाल सुनचाँदी व्यवसायी महासंघमा अर्जुन रसाइलीको नेतृत्व

काठमाडौँ-  नेपाल सुनचाँदी ब्यसायी महासंघमा अर्जुन रसाइलीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ। असार १४ र १५ गते काठमाडौंमा आयोजना भएको महासंघको ९ औं, १० औं र ११ औं बार्षिक साधारण सभा तथा चौथो महाअधिवेशनले रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्य समिति निर्विाचित भएको हो।

शनिबार भएको निर्वाचनमा कुल ४ सय ४६ मतदाता थिए। त्यसमध्ये ४ सय ३५ मत खसेको थियो। नवनिर्वाचित अध्यक्ष रसाइलीले २ सय ५० मत प्राप्त गरे। अधयक्षका अर्का प्रत्यासी महासंघका तृतीय उपाध्यक्ष विपिन रामुदामुले १ सय ८४ मत प्राप्त गरेका थिए।

कार्य समितिको वरिष्ठ उपाध्यक्षमा दियशरत्न शाक्य, प्रथम उपाध्यक्षमा धर्मसुन्दर बज्राचार्य, दित्तीय उपाध्यक्षमा वुद्धि दियाली, तृतिय उपाध्यक्षमा रुपदल विश्वकर्मा, एसोसिएटस उपाध्यक्षमा पवन सोमानी र महासचिवमा किरणभभाई बज्राचार्य निर्वाचित भए।

यस्तै कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा टुलक प्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्धमशुन्दर शाक्य निर्वाचिभत भए। यस्तै प्रत्येक प्रदेशबाट २ जनाका दरले निर्वाचित हुने सदस्यमा कोसीबाट राजकुमार गुप्ता र जयप्रकास गजमेर, मधेशबाट विकास कुमार सारडा र मनोज कुमार सर्राफ, वागमतिबाट प्रकाशचन्द्र शाक्य र जीवन शाक्य, गण्डकीबाट हिमबहादुर विश्वकर्मा र विनोदकमार विक, लुम्बिनीबाट भीमसिंह विके र संजय सोनी, कणालीबाट ज्ञानेन्द्रबहादुर विश्वकर्मा र मेघराज सुनार तथा सुदुरपश्चिमबाट गणेशबहादुर सुनार र रमेश बहादुर सुनार निर्वाचित भए।

यस्तै नगर संघबाट बिमल कुमार बेगवानी, टिकाराम लामगादे र दिनेश साह सोनार निवाचित भए।खुल्ला सदस्यतर्फ निर्वाीचत हुनेमा जीवनज्योति विश्वकर्मा, राजेन्द्र सुनार, चेत नारायण विश्वकर्मा, राजभाई बज्राचार्य, नरेन्द्र विश्वकर्मा, मनकाजी विश्वकर्मा, लोमकहादुर सुनार, हेमराज शक्य र तारा बहादुर सुनार चुनिए। महिलातर्फबाट सिता विश्वकर्मा र रितु विश्वकर्मा, वस्तुगतबाट चित्र वहादुर महाल र एसोसिएटस्बाट सुजित शाक्य निर्वाचित भए।

प्रकाशित: १६ असार २०८१ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 3 =