आरुष मगरको निर्देशनमा ‘पूर्णविराम’ मञ्चन गर्दै सर्वनाम

हिमाल प्रेस १६ असार २०८१ १३:५४
76
SHARES
आरुष मगरको निर्देशनमा ‘पूर्णविराम’ मञ्चन गर्दै सर्वनाम

काठमाडौँ- आरुष मगरको परिकल्पना तथा निर्देशनमा असार १७ देखि नाटक ‘पूर्णविराम’ मञ्चन हुन भएको छ। यो उनको पहिलो निर्देशन हो।

कवि सुरज पराजुलीले लेखन रहेको नाटक कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुन लागेकाे हाे।

निर्देशक मगरका अनुसार नाटक प्रकृति र पर्यावरणसँग सम्बन्धित छ। नाटकमार्फत स्वच्छ वातावरणमा जिउन मानिसले पर्यावरण जोगाउनुपर्ने सन्देश  दिन खोजिएको निर्देशक मगरले बताए।

‘मानिस आफैँमा प्रकृतिको एउटा अंश भएर पनि हामीले प्रकृतिको दोहन गरिरहेका छौँ।’ उनले भने, ‘यसबारे हामी समयमै सचेत हुनुपर्छ।’

नाटकले बढ्दो पर्यावरणीय परिवर्तनले हामीलाई भविष्यको कस्तो स्वरूप देखाउने हो? विज्ञानको दुरुपयोगले कति सम्म भयावह अवस्था सिर्जना गर्न सक्छर? जस्ता प्रश्न समावेश गर्ने र राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पूरा गर्न भोग्नुपर्ने कठिनाइ जस्ता विषयवस्तु पनि प्रस्तुत गरिने निर्माण टिमले जनाएको छ।

नाटकमा रिनेक्श बस्नेत, मिना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारु, भूमिका थारु, विध्यक तिलक, वसन्त बहादुर खड्का, सरस्वती दाहाल, युवराज थापामगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, शू गूँः, सुदिश थापामगर, वाई यस पौडेललगायत कलाकारको अभिनय रहनेछ।

असार २९ गतेसम्म मञ्चन हुने नाटक बिहीबार बाहेक साताको प्रत्येक दिन साँझ ५ः१५ बजे र शनिबार १ बजे अतिरिक्त सो मञ्चन हुनेछ।

नाटक निर्माणमा काठमाडौँ महानगरपालिका वडा नं २९ को सहयोग समेत रहेको छ।

प्रकाशित: १६ असार २०८१ १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =