ओली : देउवालाई निवासमै भेट दिए, आज प्रचण्डसँग भेट्न पुगे

हिमाल प्रेस १६ असार २०८१ १३:३४
40
SHARES
ओली : देउवालाई निवासमै भेट दिए, आज प्रचण्डसँग भेट्न पुगे

काठमाडौँ- पछिल्लो समय शीर्ष नेताहरूको भेटवार्ता बाक्लिएको छ। टीआरसी विधेयकका विषयमा संयुक्त छलफल गरेका ३ नेताबीच भेटवार्ता चलिरहेको छ।

हिजो मात्रै प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा ओलीलाई भेट्न भक्तपुरस्थित बालकोट पुगेका थिए। देउवासँग के विषयमा ओलीको छलफल भएको हो खुलाइएको छैन। सभापति देउवासँग पत्नी आरजु देउवा पनि ओलीलाई भेट्न पुगेकी थिइन्।

उनीहरूबीच संविधान संशोधनका विषयमा छलफल भएको निकट स्रोत बताउँछ। यसपछि भने ओली-देउवा नजिँकिएको राजनीतिक वृतमा चर्चा थियो। यही कारण ओलीलाई प्रचण्डले भेट्न बोलाएको निकट स्रोत बताउँछ। ‘समसामयिक विषयमा नै हो। अरू के हुन्छ र’ ओली निकट स्रोत भन्छ। देउवा पछिल्लो समय सत्तामा फर्किन खोजिरहेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन्।

प्रचण्डसँग आज बिहान सिंहदरबारमा भेट भएको ओलीको निजी सचिवालयले जानकारी दियो। ‘समसामयिक विषयमा छलफल भएको हो।’ बालकोट स्रोतले भन्यो।

यता ओली पनि प्रचण्डसँग असन्तुष्ट छन्। यही कारण ओली–देउवा नजिकिने चर्चा पनि छ। तर यता नेताहरू भने नयाँ समीकरण नबन्ने बताउँछन्। ‘हामी यही सरकारको निरन्तरता चाहन्छौँ। भेटघाट सामान्य हो,’ एमाले प्रवक्ता राजेन्द्र गौतम भन्छन्,‘देउवाजीले भेट्न खोज्नुभयो। भेट्नुभयो के नौलो भयो र।’

प्रकाशित: १६ असार २०८१ १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =