सुदूरपश्चिमका मुख्यमन्त्रीले भागबन्डा मिलाउन फुटाए ३ मन्त्रालय

हिमाल प्रेस १६ असार २०८१ १३:०१
12
SHARES
सुदूरपश्चिमका मुख्यमन्त्रीले  भागबन्डा मिलाउन फुटाए ३ मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय।

काठमाडौँ- मन्त्री नियुक्तिसँगै विवादमा फसेको सुदूरपश्चिम प्रदेशमा अन्ततः भागबन्डा मिलाउन मन्त्रालय फुटाउनुपरेको छ।

आज मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीलाई जिम्मेवारी दिइएको छ। मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएका हुन्।

‘आज बिहान ३ मन्त्रालय फुटाइएको हो। जिम्मेवारी दिन यसो गरियो’ नवनियुक्त जलस्रोत तथा सहरी मन्त्री अक्कल रावलले हिमाल प्रेसलाई जानकारी दिए।  रावलका अनुसार भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ। सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।

यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयका महाशाखा एकअर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ । जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय, उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ ।

रावललाई जलस्रोत तथा सहरी, नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। सामाजिक मन्त्रालय फुटाएर माओवादीका ओमविक्रम भाटलाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्री बनाइएको छ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा एमालेका वीरबहादुर थापा पातललाई वन तथा सहकारी र नेकपा एकीकृत समाजवादीकी माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्री बनाइएको छ। एमालेकी हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रकाशित: १६ असार २०८१ १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 1 =