बढ्यो सुनको भाउ

हिमाल प्रेस १६ असार २०८१ ११:५४
6
SHARES
बढ्यो सुनको भाउ

काठमाडौँ- सुनको मूल्य आइतबार बढेको छ। प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छ।

छापावाल सुन उक्त मूल्यमा कारोबार हुँदा तेजाबी सुनको भाउ प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँ छ। यता चाँदीको मूल्यमा भने फेरबदल भएको छैन। आज पनि चाँदी १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३ सय २६ र चाँदी २९।१४ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ।

प्रकाशित: १६ असार २०८१ ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =