राजेश, प्रतिमा र सरूको स्वरमा घाँसे गीत सार्वजनिक

हिमाल प्रेस १६ असार २०८१ ११:३५
80
SHARES
राजेश, प्रतिमा र सरूको स्वरमा घाँसे गीत सार्वजनिक

काठमाडौँ- गायकगायिका राजेश ढकाल, प्रतिमा अर्याल र सरू गौतमको स्वरमा असार विशेष मौलिक भाकामा घाँसे गीत सार्वजनिक भएको छ।

राष्ट्रिय धान दिवसको अवसरमा सार्वजनिक गीतमा गायक ढकालकै शब्द र संगीत छ। कुमार सानु पुनले मिक्सिङ तथा मास्टरिङ गरेको गीतमा विशाल तामाङको संगीत संयोजन छ।

रोपाइँको दिन रोपाहार र बाउसेबीचको प्रेम संवादलाई गीतमा मौलिक भाकामा प्रस्तुत गरिएको छ। मिलन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा गायकगायिका राजेश र सरूसहित अनिता पौडेल, पशुपति दाहाल, हिराकाजी सेञ्चुरी, सिर्जन पण्डित र शिवजी मिश्रको अभिनय छ। बिशाल गोङ्बाले छायांकन गरेको गीत रोशन धितालले सम्पादन गरेका छन्।

शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीत गायक ढकालकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

यस्तो छ गीत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twelve =